खेलकूद
फ्रेञ्च ओपन टेनिसको उपाधिका लागि नाडाल र रुड भिड्ने
२०७९ जेठ २१ गते ८:४७

ै२१ जेठ २०७९ काठमाडौं । पुरुष एकलतर्फ फ्रेञ्च ओपन टेनिसको उपाधिका लागि राफायल नाडाल र कास्पर रुड भिड्ने भएका छन् ।
सेमिफाइनलमा स्पेनका नाडाल जर्मनीका एलेक्जेण्डर जारेभबाट वाकओभर पाउँदै फाइनल पुगेका हुन् । सेमिफाइनल अन्तर्गत दोस्रो सेटका क्रममा लडेर घाइते भएपछि तेस्रो वरियताका जारेभले खेल्न नसक्ने निर्णय गरेका थिए ।
पाँचौ वरियताका नाडालले पहिलो सेट ७–६ ले जितेका थिए । दोस्रो सेट भने ६–६ को स्थितिमा रहेको थियो ।
उता आठौं वरियताका नर्वेका कास्पर रुडले २०औं वरियताका क्रोएशियाका मारिन चिलिकलाई ३–६, ६–४, ६–२ र ६२ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का पारेका हुन् ।
महिला एकलतर्फ फ्रेञ्च ओपन टेनिसको उपाधिका लागि आज शीर्ष वरियताकी इगा स्विटेक र १८औं वरियताकी अमेरिकी खेलाडी कोको गउफ भिड्ने भएका छन् ।
प्रतिक्रिया