खेलकूद

नाडाल फ्रेञ्च ओपन टेनिसको सेमिफाइन प्रवेश

हिमालय टिभी
२०७९ जेठ १८ गते ७:३९
नाडाल फ्रेञ्च ओपन टेनिसको सेमिफाइन प्रवेश

१८ जेठ २०७९ काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडाल फ्रेञ्च ओपन टेनिसको सेमिफाइनमा प्रवेश गरेका छन् ।

क्वार्टरफाइनल अन्तर्गत गएराति शीर्ष वरियताका नोभाक जोकोभिचमाथि ३–१ को सेटमा जित निकाल्दै नाडालले अन्तिम चारमा स्थान पक्का पारे । साविक विजेतासमेत रहेका जोकोभिचलाई हराउन नाडालले ४ घण्टा १२ मिनेट लगाए ।

पाँचौ वरियताका नाडालले पहिलो सेट ६–२ ले जिते । दोस्रो सेटमा सर्बियाका जोकोभिच ६–४ ले विजयी भए । त्यसपछिका दुई सेट नाडालले ६–२ र ७–६ ले जित्न सफल भए ।

सेमिफाइनलमा नाडालले तेस्रो वरियताका एलेक्जेण्डर जारेभको सामना गर्नेछन् । जर्मन खेलाडी जारेभले पहिलो क्वार्टरफाइनलमा छैठौं वरियताका स्पेनका कार्लोस अल्कारेजलाई ६–४, ६–४, ४–६ र ७–६ को सेटमा हराएका थिए ।

महिलातर्फ इटालीकी मार्टिना ट्रेभिसन र १८ वर्षीया अमेरिकी खेलाडी कोको गउफ सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्