खेलकूद

नवप्रवेशी टोली गुजरात टाइटन्सलाई इन्डियन प्रिमियर लीग (आईपीएल)को उपाधि

हिमालय टिभी
२०७९ जेठ १६ गते ८:५१
नवप्रवेशी टोली गुजरात टाइटन्सलाई इन्डियन प्रिमियर लीग (आईपीएल)को उपाधि

१६ जेठ २०७९ मुम्बई । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात च्याम्पियन बनेको हो ।

जितका लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग-यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्