खेलकूद

नतिजा राम्रो आउनेमा सन्दीप विश्वस्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १४ गते १८:३७
नतिजा राम्रो आउनेमा सन्दीप विश्वस्त  (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७९ काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई आज विदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शृंखला भ्रमण गर्न लागेको टोलीलाई आज विदाई गरेको हो । नेपाली टिम आज अमेरिका जाँदैछ । विदाई कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गर्नु भयो ।

पहिलो पटक शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोलीले तयारी राम्रो भएकोले सुखद नतिजा निकाल्नेमा आफू आशावादी रहेको प्रतिक्रिया दिनुभयो ।

लिग–२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन नौ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने छ ।

यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ । आईसीसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्