खेलकूद
१९ वर्षमुनिको महिला विश्वकप छनोट : नेपालले कतारसँग पहिलो खेल खेल्ने
२०७९ जेठ १४ गते ९:१२

१४ जेठ २०७९ काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।
मलेसियामा हुने छनोटको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा कतारसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल आउँदो शुक्रबार जुन ३ तारिखमा हुनेछ ।
यस्तै दोस्रो खेलमा जुन ४ मा युएईसँग, जुन ६ मा भुटानसँग, जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले छनोटका लागि कृतिका मरासिनीलाई कप्तान चयन गरिसकेको छ । छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतारले खेल्नेछन् ।
प्रतिक्रिया