खेलकूद

राजस्थान आईपीएल टी–ट्वेन्टी क्रिकेटको फाइनल प्रवेश

हिमालय टिभी
२०७९ जेठ १४ गते ७:५७
राजस्थान आईपीएल टी–ट्वेन्टी क्रिकेटको फाइनल प्रवेश

१४ जेठ २०७९ अहमदाबाद । राजस्थान रोयल्स इन्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

गएराति अहमदाबादमा भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थान उपाधि नजिक पुगेको हो । बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा जोस बट्लरले अविजित रहँदै १ सय ६ रनको शतकीय इनिङ्स खेले । कप्तान सन्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए । देबदुत पडिकल ९ रनमा आउट हुँदा शिम्रन हिटमायर २ अविजित रहे ।

बैंगलोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो ।

बैंगलोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय इनिङस् खेले । कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । साहबाज अहमेद १२ रनमा अविजित रहे ।

राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३–३ विकेट लिए । राजस्थानले अब उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्