खेलकूद

बैङ्लोर, आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश, लखनउ प्रतियोगिताबाट बाहिरियो

हिमालय टिभी
२०७९ जेठ १२ गते ९:१८
बैङ्लोर, आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश, लखनउ प्रतियोगिताबाट बाहिरियो

१२ जेठ २०७९ मुम्बई । रोयल च्यालेन्जर्स बैङ्लोर इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

राति भएको एलिमिनेटर खेलमा लखनउ सुपर जाइन्टलाई १४ रनले हराउँदै बैङ्लोर क्वालिफायरमा पुगेको हो । हारसँगै लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

जितका लागि २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैङ्गलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । अब बैङ्लोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग भोलि खेल्नेछ ।

भोलिको खेलबाट एउटा टोली फाइनल पुग्नेछ । उसले फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतबार अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्