खेलकूद

नवौँ राष्ट्रिय खेलकुदको मिति सर्‍यो

२०७९ जेठ १० गते १८:११
नवौँ राष्ट्रिय खेलकुदको मिति सर्‍यो

१० जेठ २०७९ काठमाडौं । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ ।

यही जेठ २२ देखि २८ गतेसम्म हुने भनिएको उक्त प्रतियोगिताको तयारी समय नपुगेकाले मिति सार्न बाध्य भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको बताउनुभयो ।

उहाँले नवौँ राष्ट्रिय खेलकुदसँग सबन्धित बजेट कार्यान्वयनको लागि सार्वजनिक खरिद ऐनअनुसार जानुपर्ने भएकाले तोकिएको मितिमा प्रतियोगिता आयोजना गर्न नसकेको बताउनुभयो । अब नवौँ राष्ट्रिय खेलकुद आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुनेछ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने दुई प्रर्दशनी खेलको रुपमा राखिएको छ । जसमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो र उसु रहेको छ ।

त्यसैगरी बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल, कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन र प्याराग्लाइडिङ रहेको छ । ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्