खेलकूद

यू–१९ महिला क्रिकेट टोलीको कप्तानमा मरासिनी

हिमालय टिभी
२०७९ जेठ ९ गते १८:००
यू–१९ महिला क्रिकेट टोलीको कप्तानमा मरासिनी

९ जेठ २०७९ काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले उन्नाइस वर्षमुनि (यू–१९) महिला क्रिकेट टोलीको कप्तानमा कृतिका मरासिनीलाई नियुक्त गरेको छ ।

क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै मरासिनीलाई कप्तानमा नियुक्त गरेको जानकारी दिएको हो । मलेसियामा आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकप छनोटका लागि क्यानले उनलाई कप्तानमा चयन गरेको हो ।

यही जेठ २१ गतेदेखि सुरु हुने उक्त छनोटमा नेपाल, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, चीन, भुटान, म्यानमा र कतार सहभागी हुने छन । नेपालले उक्त छनोट प्रतियोगिताका लागि यसअघि १८ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्