धादिङका नवनिर्वाचित पालिका प्रमुखहरुले लिए शपथ
२०७९ जेठ ९ गते १७:१३

९ जेठ २०७९ धादिङ । धादिङका नवनिर्वाचित प्रमुखहरुले आज पद तथा गोपनीयताको शथप लिएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जिल्लाको १३ वटै पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।
धादिङमा २ वटा नगरपालिका र ११ वटा गाउँपालिका छ । शपथ ग्रहणपछि प्रमुखहरुले पालिकालाई समृद्ध बनाउनुका साथै विकास निर्माण र सामाजिक न्यायको कामलाई सँगसँगै अघि बढाउने बताएका छन् ।
सुशासन कायम राख्दै भ्रष्टाचार र बेथितिहरु न्यूनीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
धादिङमा नेपाली कांग्रेसले ७, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले १ वटा पालिका प्रमुख जितेका छन् ।
प्रतिक्रिया