पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

२०७९ जेठ ८ गते १०:३७
पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

८ जेठ २०७९ कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् ।

वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी हुनुभएको छ ।

महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *