खेलकूद

आईपीएलमा बैङ्लोरको प्ले अफमा पुग्ने सम्भावना कायमै

हिमालय टिभी
२०७९ जेठ ६ गते १०:५७
आईपीएलमा बैङ्लोरको प्ले अफमा पुग्ने सम्भावना कायमै

६ जेठ २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोरको प्ले अफमा पुग्ने सम्भावना कायमै रहेको छ ।

गएराति भएको खेलमा बैङ्लोरले गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको हो । गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य बैङ्लोरले १८ ओेभर ४ बलमा भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो ।

जीतसँगै बैङ्लोरले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । आइपीएलमा आज राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स खेल्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्