खेलकूद
आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित
२०७९ वैशाख २९ गते ८:३६

२९ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।
आईपीएलमा गएराति दिल्लीले राजस्थान रोयल्समाथि ८ विकेटको जित निकालेको हो । १६१ रनको लक्ष्य दिल्लीले ११ बल अगावै मात्र दुई विकेटको नोक्सानीमा पूरा गरेको थियो ।
दिल्लीका मिचेल मार्शले ८९ रन जोड्दा डेविड मिलरले अविजित ५२ रन बनाए । यसअघि मुम्बईको डीवाई पाटील रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो ।
राजस्थानका रविचन्द्रन आश्विनले ५० तथा देवीदत्त पडिक्कलले ४८ रन जोडे । बलिङमा दिल्लीका चेतन सकारिया, एनरिच नोर्जे र मिचेल मार्शले समान २(२ विकेट लिए । आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्ने छन् ।
प्रतिक्रिया