खेलकूद

प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीको सहज जित

हिमालय टिभी
२०७९ वैशाख २९ गते ८:२९
प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीको सहज जित

२९ वैशाख २०२९ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीले सहज जित निकालेको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति शीर्ष स्थानको सिटीले उल्फ्सलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको हो । सिटीको जितमा केभिन डी ब्रुनीले चार गोल गरे ।

अवे मैदानमा सिटीले सातौ मिनेटमै ब्रुनीको गोलसँगै अग्रता बनाएको थियो । तर एघारौ मिनेटमा उल्फ्सका लिएन्डर डेन्डोनकरले गोल गर्दै खेल बराबरी गरे ।

त्यसपछि सिटीका लागि १६औं, २४औं र ६०औं मिनेटमा ब्रुनीले व्यक्तिगत चार गोल थपेका थिए । त्यसपछि रहिम स्टर्लिङले ८४औं मिनेटमा गोल थपेपछि सिटी ५–१ ले विजयी भयो ।

जितसँगै सिटीले ३६ खेलबाट ८९ अंक जोड्दा दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ८६ अंक छ ।

लीग अन्तर्गत नै चेल्सीले लिड्स युनाइटेडलाई र लेष्टर सिटीले नर्विच सिटीलाई समान ३–० ले हराउँदा एभर्टन र वाटफोर्ड गोलरहित बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्