खेलकूद

नवप्रवेशी गुजरात आईपीएलको प्लेअफमा प्रवेश

हिमालय टिभी
२०७९ वैशाख २८ गते ८:०६
नवप्रवेशी गुजरात आईपीएलको प्लेअफमा प्रवेश

२८ वैशाख २०७९ मुम्बई । नवप्रवेशी गुजरात टाइटन्स इण्डियन प्रिमियर लीग, आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।

आईपीएल अन्तर्गत गएराति लखनउ सुपर जायन्ट्समाथि ६२ रनको जित निकाल्दै गुजरातले पहिलो टोलीका रुपमा प्लेअफमा स्थान पक्का पारेको हो ।

१४५ रनको मध्यम लक्ष्यसहित मैदान ओर्लेको लखनउ १३ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भयो । लखनउका दीपक हुड्डाले २७ तथा क्विन्टन डिककले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङमा गुजरातका राशिद खानले ४ तथा यश दयाल र रवि श्रीनिवासन साई किशोरले समान २–२ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।

गुजरातका शुभमन गिल ६३ तथा राहुल टिवेटिया २२ रनमा अविजित रहे । त्यस्तै डेविड मिलर २६ रनमा पेभेलिएन फर्के ।

बलिङमा लखनउका आवेश खानले २ विकेट हात पारे । गुजरातले १२ खेलबाट १८ जोडेको छ । आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्