आईपीएलमा मुम्बईविरुद्ध कोलकाताको सहज जित

२७ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ ।
आईपीएल अन्तर्गत गएराति कोलकाताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो । १६६ रनको लक्ष्य पछ्याएको मुम्बई १७ दशमलव ३ ओभरमा ११३ रनमै अलआउट भयो ।
मुम्बईका लागि इशान किशनले ५१ रन बनाए । बलिङमा कोलकाताका प्याट कुमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । उसका लागि वेंकटेश अइयर र नितिश रानाले समान ४३(४३ रन बनाए । त्यस्तै अजिंक्या राहानेले २५ रन जोड्दा रिंकु सिंह २३ रनमा अविजित रहे ।
मुम्बईका जसप्रित बुमराहले ५ विकेट हात पारे । जितपछि सातौं स्थानमा उक्लिएको कोलकाताले १२ खेलबाट १० अंक जोडेको छ ।
उता एघार खेलबाट मात्र ४ अंक रहेको मुम्बई तालिकाको पुछारमा छ । आज लखनउ सुपर जायन्ट्स र गुजरात जायन्टसबीच खेल हुनेछ ।
प्रतिक्रिया