खेलकूद

म्यानचेष्टर सिटी पुनः प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा

हिमालय टिभी
२०७९ वैशाख २६ गते ७:४३
म्यानचेष्टर सिटी पुनः प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा

२६ वैशाख २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटी पुनः शीर्ष स्थानमा पुगेको छ ।

लीग अन्तर्गत आफ्नो पछिल्लो खेलमा सिटीले न्यूक्यासल युनाइटेडमाथि ५–० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा रहिम स्टर्लिङले सिटीलाई शुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि सिटीका लागि ३८औं मिनेटमा एम्रिक लापोर्टे, ६१औं मिनेटमा रोड्री, ९०औं मिनेटमा फिल फोडेन र इञ्जुरी समयमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

जितसँगै सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ८३ अंक छ ।

लीगकै अन्य खेलमा वेष्टह्याम युनाइटेडले नर्विच सिटीलाई ४(०, आर्सनलले लिड्स युनाइटेडलाई २(१ र एभर्टनले लेष्टर सिटीलाई २(१ ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्