खेलकूद

नेपाल र जिम्बाब्वेबीच आज अन्तिम एक दिवसीय खेल हुँदै

हिमालय टिभी
२०७९ वैशाख २६ गते ७:३९
नेपाल र जिम्बाब्वेबीच आज अन्तिम एक दिवसीय खेल हुँदै

२६ वैशाख २०७९ काठमाडौं । नेपाल र जिम्बाब्वे ए बीच आज तेस्रो तथा अन्तिम एक दिवसीय खेल हुँदैछ ।

घरेलु टोली नेपाल र पाहुना टोली जिम्बाब्वे दुबैको लक्ष्य आज शृंखला २–१ ले जित्ने रहनेछ । पहिलो खेलमा जिम्बाब्वे ३ विकेटले विजयी भएको थियो ।

दोस्रो खेल भने नेपालले ९ विकेटले जितेको थियो । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा खेल विहान साढे ९ बजे शुरू हुनेछ ।

विश्व क्रिकेट लीग डिभिजन(टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय शृंखला अघि नेपालले जिम्बाब्वेसँग तीन ट्वेन्टी–ट्वेन्टी र तीन एक दिवसीय खेलको शृंखला खेलिरहेको छ ।

तीन ट्वेन्टी–ट्वेन्टी खेलको शृंखला ११ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्