खेलकूद

आईपीएलमा आज बैंङ्लोर र चेन्नई खेल्दै

हिमालय टिभी
२०७९ वैशाख २१ गते ९:१६
आईपीएलमा आज बैंङ्लोर र चेन्नई खेल्दै

२१ वैशाख २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंङ्लोर र चेन्नई सुपर किङ्स खेल्ने भएका छन् ।

यो खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे पुणेमा हुनेछ । अहिलेसम्म १० खेलमा ५ मा जित र ५ मा हार व्यहोरेको बैंङ्लोर १० अङ्कसहित तालिकाको छैठौं स्थानमा छ ।

यस्तै ९ खेलमा ३ मा जित र ६ खेलमा हार ब्यहोरेको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ ।

गएराति भएको खेलमा भने पन्जाव किङ्सले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको छ । गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जावले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो । जितसँगै पन्जाव १० खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । गुजरातको भने यो दोस्रो हार हो । गुजरात १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत् छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्