खेलकूद

लिभरपुल च्याम्पियन्स लीग फूटबलको फाइनल प्रवेश

हिमालय टिभी
२०७९ वैशाख २१ गते ७:५३
लिभरपुल च्याम्पियन्स लीग फूटबलको फाइनल प्रवेश

२१ वैशाख २०७९ काठमाडौं । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लीग फूटबलको फाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लीग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब भिल्लारियाललाई ३–२ ले पराजित गर्दै समग्रमा ५–२ को नतिजासहित लिभरपुलले फाइनलमा स्थान पक्का पारेको हो । २–० ले पछि परेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

घरेलु मैदानमा भिल्लारियालका लागि तेस्रो मिनेटमै बौलाए डिया र ४१औं मिनेटमा फ्रान्सिस कोक्वेलिनले गोल गरेका थिए । तर दोस्रो हाफमा लिभरपुलले तीन गोल फर्काउन सफल भयो ।

उसका लागि ६२औं मिनेटमा फाबिन्हो, ६७औं मिनेटमा लुइस डायज र ७४औं मिनेटमा साडियो मानेले गोल गरे ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो लेग २० ले जितेको थियो । उपाधिका लागि लिभरपुलले म्यानचेष्टर सिटी वा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्