खेलकूद
आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता विजयी
२०७९ वैशाख २० गते ७:४७

२० वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग, आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।
आईपीएलको ४७औं खेलमा गएराति कोलकाताले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । १५३ रनको मध्यम लक्ष्य कोलकाताले ५ बल अगावै ३ विकेटको नोक्सानीमा भेट्टाएको थियो ।
कोलकाताका नितिश राना ४८ तथा रिंकु सिंह ४२ रनमा अविजित रहे । त्यस्तै कप्तान श्रेयर अइयरले ३४ रन जोडे । यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।
राजस्थानका कप्तान सञ्जु श्यामसनले ५४ रन जोड्दा सिमरोन हेट्मेयर २७ रनमा अविजित रहे । कोलकाताका टीम साउथीले २ विकेट लिए । आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच खेल हुनेछ ।
प्रतिक्रिया