खेलकूद

नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द

हिमालय टिभी
२०७९ वैशाख १९ गते १८:०३
नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द

१९ वैशाख २०७९ काठमाडौं । तीन खेलको ट्वेन्टी–ट्वेन्टी सिरिज अन्तर्गत नेपाल र जिम्बावे ए बीचको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ ।

त्रिवि क्रिकेट मैदानमा खेलका क्रममा भारी वर्षा भएपछि अम्पायर विनयकुमार झा र राम पाण्डेले मैदान निरीक्षण गर्दै खेल रद्द भएको जनाएका हुन् । टस हारेर पहिले ब्याटिङ थालेको जिम्बावे ए ले ४ ओभर ३ बलमा २ विकेटको क्षतिमा ४८ रन बनाउँदा वर्षा भएर खेल रोकिएको हो ।

इनिङको दोस्रो बलमै तीव्र गतिका बलर सोमपाल कामीले ओपनर इनोसेन्ट कैयालाई शुन्य रनमै कुशल भुर्तेलबाट क्याच गराएका थिए । दोस्रो विकेटका लागि तडिवानाशे मरुमानी र कुड्जाइ मउन्जेले ४७ रनको साझेदारी गरे ।

पाँचौं ओभरमा करण केसीले २१ रन बनाएर खेलिरहेका मरुमानीलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच गराए । कुड्जाइ १३ बलमा ५ चौकासहित २२ रनमा नटआउट रहे । सिरिज अन्तर्गत तेस्रो खेल पर्सि हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल ६ विकेटले हारेको थियो । ट्वेन्टी-ट्वेन्टी सिरिज पछि यि दुईबीच ३ खेलको एक दिवसिय सिरिज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्