खेलकूद

देशका विभिन्न ठाउँमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ वैशाख १९ गते ८:४९
देशका विभिन्न ठाउँमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

१९ वैशाख २०७९ काठमाडौं । आज पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण अहिले पनि देशभरी कै मौमस आशिंकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसकै प्रभावले अहिले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।

आज दिउँसो पनि प्रदेश १, मधेस र गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो प्रणालीको प्रभाव अझै केही दिन रहने पनि मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्