खेलकूद

रियल मड्रिडले जित्यो ३५औं पटक स्पेनिस ला लिगा फूटबलको उपाधि

हिमालय टिभी
२०७९ वैशाख १८ गते ८:०८
रियल मड्रिडले जित्यो ३५औं पटक स्पेनिस ला लिगा फूटबलको उपाधि

१८ वैशाख २०७९ काठमाडौं । रियल मड्रिडले ३५औं पटक स्पेनिस ला लिगा फूटबलको उपाधि जितेको छ ।

गएराति स्पानियोललाई ४–० गोलले हराएको रियलले ४ खेल अगावै उपाधि उचालेको छ । घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेञ्जिमाले एक(एक गोल गरे ।

रोड्रिगोले ३३ औं र ४३ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि ५५ औं मिनेटमा एसेन्सियो र ८१ औं मिनेटमा बेञ्जिमाले गोल थपेका थिए ।

जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ । रियलको दोस्रो स्थानको सेभिया भन्दा १७ अंक बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.