खेलकूद

नेपाल र जिम्बाब्वे ए बीचको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलाको पहिलो खेल आज

हिमालय टिभी
२०७९ वैशाख १८ गते ८:०२
नेपाल र जिम्बाब्वे ए बीचको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलाको पहिलो खेल आज

१८ वैशाख २०७९ काठमाडौं । नेपाल र जिम्बाब्वे ए बीचको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलाको पहिलो खेल आज हुँदैछ ।

नेपालले पाहुना टोली जिम्बाब्वेसँग तीन वटा ट्वेन्टी–ट्वेन्टी खेलको शृंखला अन्तर्गत आज पहिलो खेल खेल्न लागेको हो ।

विश्व क्रिकेट लीग डिभिजन–टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय शृंखला अघि नेपालले तीन ट्वेन्टी–ट्वेन्टी र तीन एक दिवसीय खेलको शृंखला खेल्दैछ । दोस्रो ट्वेन्टी–ट्वेन्टी भोलि र अन्तिम खेल वैशाख २१ गते हुनेछ ।

ट्वेन्टी–ट्वेन्टी शृंखलापछि एक दिवसीय खेलको शृंखला हुनेछ । एक दिवसीयको पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो खेल वैशाख २६ गते हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजको खेल दिउँसो एक बजे शुरू हुनेछ ।

यसअघि हिजोदेखि शुरू प्रतियोगिता वर्षाले प्रभावित भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका नै परिवर्तन गरेको थियो । दुई टोलीबीच हिजोदेखि पहिले एक दिवसीय र त्यसपछि ट्वेन्टीट्वेन्टी खेलको शृंखला शुरू हुने तालिका थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्