नेपाल र जिम्बावे ए बीच आज एक दिवसीय क्रिकेट शृंखला शुरू हुँदै
१७ वैशाख २०७९ काठमाडौं । नेपाल र जिम्बावे ए बीच आज एक दिवसिय क्रिकेट शृंखला शुरू हुँदैछ ।
नेपालले पाहुना टोली जिम्बावेसँग तीन वटा एक दिवसीय खेलको शृंखला खेल्दैछ । विश्व क्रिकेट लीग डिभिजन(टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय शृंखला अघि नेपालले तीन एक दिवसीय र तीन ट्वेन्टी–ट्वेन्टी खेलको शृंखला खेल्दैछ ।
एक दिवसीय अन्तर्गत दोस्रो खेल वैशाख १९ र तेस्रो खेल २१ गते हुनेछ । नेपालको लक्ष्य आज जिम्बावेलाई हराउँदै शृंखलाको शुरूवात गर्ने रहनेछ । तर टेष्ट राष्ट्रविरुद्ध जित्न नेपाललाई सहज भने हुने छैन ।
तीन वर्ष अघि सिंगापुरमा नेपालले जिम्बावेविरुद्ध खेलेको त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी शृंखलाअन्तर्गत दुबै खेलमा पराजित भएको थियो ।
नेपाल र जिम्बावेले ट्वेन्टी–ट्वेन्टी शृंखलाको पहिलो खेल २३ गते, दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते खेल्नेछन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल बिहान साढे ९ बजे शुरू हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय र ट्वेन्टीट्वेन्टी शृंखलाको लागि १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।
प्रतिक्रिया