खेलकूद

गुजरात टाइटन्स फर्कियो आईपीएल क्रिकेटको शीर्ष स्थानमा

हिमालय टिभी
२०७९ वैशाख १५ गते ७:५९
गुजरात टाइटन्स फर्कियो आईपीएल क्रिकेटको शीर्ष स्थानमा

१५ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा फर्किएको छ ।

आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ५ विकेटको जित निकाल्दै गुजरात शीर्ष स्थानमा फर्किएको हो । १९६ रनको लक्ष्य गुजरातले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

उसका लागि रिद्दीमन शाहले ६८ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै राहुल टिवेटिया ४० र राशिद खान ३१ रनमा अविजित रहे । हैदराबादका उमरन मलिकले ५ विकेट लिए ।

यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गर्दै हैदराबादले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १९५ रन बनाएको थियो ।

हैदराबादका अभिषेक शर्मा ६५ तथा एडेन मारक्रम ५६ रनमा आउट भए । गुजरातका मोहम्मद सामीले ३ विकेट लिए । जितसँगै गुजरातले ८ खेलबाट १४ अंक जोडेको छ ।

उता समान खेलबाट १० अंकसहित हैदराबाद तेस्रो स्थानमा छ । आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्