खेलकूद

आईपीएल टी–ट्वेन्टी क्रिकेटमा आज गुजरात र हैदरावाद भिड्ने

हिमालय टिभी
२०७९ वैशाख १४ गते ९:३०
आईपीएल टी–ट्वेन्टी क्रिकेटमा आज गुजरात र हैदरावाद भिड्ने

१४ वैशाख २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज एक मात्र खेल हुने भएको छ ।

आजको खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको गुजरात र तेस्रो स्थानमा रहेको हैदरावादबीचको खेल मुम्बईको वान्खेडे स्टेडियममा साँझ ७ ः ४५ मा शुरु हुनेछ ।

यसअघि गएराति भएको खेलमा राजस्थान रोयल्सले छैटौं जित हात पारेको छ । रोयल च्यालेन्जर्स बैङ्गलोरलाई २९ रनले हराउँदै राजस्थानले जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको राजस्थानले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४४ रन बनायो । १ सय ४५ रनको लक्ष्य पछ्याएको बैङ्गलोरले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो ।

जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ८ खेलमा १२ अङ्क जोडेको छ भने बैङ्गलोर ९ खेलमा १० अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्