खेलकूद
च्याम्पियन्स लीगको सेमिफाइनलको पहिलो लेगमा म्यान्चेस्टरको जित
२०७९ वैशाख १४ गते ९:२४

१४ वैशाख २०७९ काठमाडौं । च्याम्पियन्स लीग फूटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले जित हात पारेको छ ।
गएराति भएको पहिलो लेगमा सिटीले रियल मड्रिडलाई ४–३ गोल अन्तरले हराउँदै जित हात पारेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन, गाब्रियल जिसस, फिल फोडेन र बेर्नार्डो सिल्भाले समान एक एक गोल गरे ।
रियलका करिम बेन्जिमाले दुई र भिनिसियस जुनियरले एक गोल गरे । जितसँगै सिटीले फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
रियललाई भने दोस्रो लेगमा जित्नैपर्ने दबाब थपिएको छ । दुई टोलीबीचको दोस्रो लेग आगामी मे ५ मा हुनेछ ।
प्रतिक्रिया