खेलकूद

आईपीएल टी–ट्वेन्टी क्रिकेटमा आज चेन्नई र पञ्जाबबीच खेल हुने

हिमालय टिभी
२०७९ वैशाख १२ गते ९:२४
आईपीएल टी–ट्वेन्टी क्रिकेटमा आज चेन्नई र पञ्जाबबीच खेल हुने

१२ वैशाख २०७९ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज पनि एक मात्र खेल हुने भएको छ ।

आज हुने एक मात्र खेलमा पञ्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ । पुछारबाट दोस्रो र तेस्रो स्थानमा रहेको यी दुई टोलीबीचको खेल मुम्बईस्थित वान्खेडे स्टेडियममा साँझ ७ : ४५ मा सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सले लगातार आठौं पटक हार व्यहोरेको छ । गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्ससँग ३६ रनले पराजित हुँदै मुम्बईले लगातार आठौं हार व्यहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो । १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

जारी सिजनमा मुम्बईले एक खेलमा पनि जित निकाल्न सकेको छैन भने लखनउको यो पाँचौ जित हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्