खेलकूद

इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल, चेल्सी र बर्नलीको जित

हिमालय टिभी
२०७९ वैशाख १२ गते ९:०९
इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल, चेल्सी र बर्नलीको जित

१२ वैशाख २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुलले जित हात पारेको छ ।

गएराति भएको मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनलाई २–० गोल अन्तरले हराउँदै जित हात पारेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे ।

जितसँगै लिभरपुल ३३ खेलमा ७९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ भने एभर्टन ३२ खेलमा २९ अङ्क जोडेर १८ औं स्थानमा रहेको छ ।

हिजै भएको अर्को खेलमा चेल्सीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा वेस्ट ह्याम युनाईटेडलाई १–० गोल अन्तरले हराउँदै चेल्सीले जित हात पारेको हो । चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले खेलको ९० औं मिनेटमा निर्णायक गोल गर्नुभयो ।

जितसँगै ३२ खेलमा ६५ अङ्क जोडेर चेल्सी तेस्रो स्थानमा रहेको छ भने वेस्ट ह्याम ५२ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । हिजोकै अर्को खेलमा बर्नलीले उल्भ्सलाई १–० ले हराएको छ भने ब्राइटन र साउथह्याम्पटनले २–२ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्