नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने (भिडियो रिपोर्टसहित)

९ वैशाख २०७९ काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा आज बसेको राष्ट्रिय खेलकुद परिषद्को १ सय १२ औं बोर्ड बैठकले अर्को महिना हुने गण्डकी प्रदेशमा हुने राष्ट्रिय प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित ३८ खेल समावेश गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि बसेको पहिलो बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन निर्देशिका समेत पारित गरेको छ ।
गत संस्कणमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको रग्बी सेभेन ए साइट भने यो पटक प्रतिस्पर्धात्मक खेलका रुपमा राखिएको छ । त्यस्तै, यस पटक छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ। खेलमा ६ हजार ८ सय खेलाडी सहभागी हुनेछ । नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने तय गरिसकेको छ ।
यस्तै, बैठकमा भदौ २५ देखि असोज ९ गतेसम्म चिनमा हुने १९ औं एसियाली खेलकुदमा नेपाल सहभागी हुने निर्णय पनि भएको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद सागमा फाइनल प्रवेश गरेको र पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका खेललाई सम्बन्धित खेल संघको समन्वयमा राखेपले २३ खेललाई एसियाली खेलकुदमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो ।
राखेपले एसियाली खेलकुदमा करिब १ सय ५० खेलाडी सहभागी गराउने लक्ष्य लिएको छ । प्रतियोगिता आउन ४ महिना मात्र बाँकी रहेको अवस्थामा सदस्य सचिव विवादका कारण राखेपले ढिला गरि एसियाली खेलकुदमा सहभागी हुने खेलको छिनोफानो गरेको हो ।
प्रतिक्रिया