खेलकूद
ला लिगा फूटबलमा बार्सिलोनाका साँघुरो जित
२०७९ वैशाख ९ गते ७:५०

९ वैशाख २०७९ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना विजयी भएको छ ।
बार्सिलोनाले आफ्नो पछिल्लो खेलमा रियल सोसिडाडमाथि १–० को साँघुरो जित निकालेको हो । अवे मैदानमा बार्सिलोनाका लागि पिएरी इमेरिक अउबा मेयाङको गोल नै निर्णायक बन्यो ।
खेलको एघारौं मिनेटमै उनले फेरान टोरेसको पासमा गोल गर्न सफल भएका थिए । जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले ३२ खेलबाट ६३ अंक जोडेको छ । शीर्ष स्थानको रियल मड्रिडको ३३ खेलबाट ७८ अंक छ ।
उता सेभियाले लेभान्टेलाई तथा एथ्लेटिको बिल्बाओले काडिजलाई समान ३–२ ले र रायो भानेकानोले इस्पानुयललाई १० ले हराए ।
प्रतिक्रिया