खेलकूद

आईपीएलमा लखनउविरुद्ध बेंग्लोरको जित

हिमालय टिभी
२०७९ वैशाख ७ गते ७:३०
आईपीएलमा लखनउविरुद्ध बेंग्लोरको जित

७ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ ।

आईपीएलमा गएराति बेंग्लोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराएको हो । १८२ रनको लक्ष्यसहित मैदान ओर्लेको लखनऊले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा १६३ रन मात्र बनाउन सक्यो ।

उसका लागि क्रुनल पाण्ड्याले ४२, कप्तान केएल राहुलले ३० तथा मार्कस स्टोइनिसले २४ रन बनाए । बेंग्लोरका जोश हेजलउडले ४ विकेट हात पारे ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको बेंग्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । बेंग्लोरका कप्तान फाफ डुप्लेसिस ९६ रनमा पेभेलिएन फर्के ।

त्यस्तै साहबाज अहमदले २६ तथा ग्लेन म्याक्सवेलले २३ रन जोडे । लखनऊका दुश्मन्था चामिरा र जेशन होल्डरले समान २(२ विकेट लिए ।

जितसँगै ७ खेलबाट १० अंक जोड्दै बेंग्लोर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लखनउ समान ७ खेलबाट ८ अंकका साथ चौथो स्थानमा छ । आज दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्