राजनीति

पार्टी, भातृसंगठनको विवाद र सत्ता गठबन्धनबारे देउवाले दिए यस्तो जवाफ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ६ गते १६:११
पार्टी, भातृसंगठनको विवाद र सत्ता गठबन्धनबारे देउवाले दिए यस्तो जवाफ (भिडियो रिपोर्टसहित)

६ वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसमा आफूमाथि उठेका सम्पूर्ण प्रश्नको एकमुष्ठ जवाफ दिनुभएको छ ।

पार्टी र भातृसंगठनको विवादमा मात्रै नभई सत्ता गठबन्धनलाई निरन्तरता दिनु पर्नका कारण पनि उहाँले स्पष्ट गर्नुभएकाे छ ।

नेपाल विद्यार्थी संघको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा । जब सम्बोधनका लागि उहाँको नाम उच्चारण हुन्छ तब कार्यकर्ताले समर्थनमा चर्को नाराबाजी गर्छन् । सभापति देउवाले शान्त रहन आग्रह नै गर्नुपर्‍यो ।

अनि देउवाले नेविसंघ नेता तथा कार्यकर्तालाई चुनावमा पार्टीलाई कसरी जिताउन सकिन्छ भन्ने टिप्स पनि दिनुभयो ।

देउवाले आफूभन्दा अगाडि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जवाफ पनि दिनुभयो । नेविसंघको पदाधिकारी चयन गर्न पौडेलले गरेको आग्रहमा देउवाको जवाफ यस्तो थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताइरहेका बेला प्रधानमन्त्री देउवाले पनि मंगलबार त्यही कुरा दाेहाेर्‍याउनुभयाे ।

अनि देउवाले एउटै दलको बहुमत आउने सम्भावना नभएकाले कसै न कसैसँग मिल्नुपर्ने स्पष्ट गर्नुभयो ।

मन नलाग्दानलाग्दै प्रधानमन्त्री हुनु परेको प्रष्टीकरण दिँदै देउवाले प्रधानमन्त्री भएर आफूले कुनै गल्ती नगरेको बरु पार्टीलाई मजबुत बनाएको दाबी गर्नुभयो ।

कार्यक्रममा देउवाले अब आफू पार्टीको सभापति नहुने घोषणा गर्दै नेविसंघका नेताहरुलाई पार्टीको नेतृत्व लिने गरी सक्षम भएर आउन आह्वान पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्