खेलकूद
ला लिगा फूटबलमा बार्सिलोना पराजित
२०७९ वैशाख ६ गते ८:१६

६ वैशाख २०७९ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना पराजित भएको छ।
ला लिगा अन्तर्गत पछिल्लो खेलमा बार्सिलोना कार्डिजसँग १–० ले स्तब्ध भएको हो ।
बार्सिलोना घरेलु मैदानमा कार्डिजको जितमा लुकास पेरेजले निर्णायक गोल गरे । उनले ४८औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
३१ खेलबाट ६० अंक रहेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । कार्डिज १६औं स्थानमा छ ।
प्रतिक्रिया