खेलकूद
रोनाल्डोको ह्याट्रिकसँगै प्रिमियर लीगमा म्यानचेष्टर युनाइटेड विजयी
२०७९ वैशाख ४ गते ७:३०
![रोनाल्डोको ह्याट्रिकसँगै प्रिमियर लीगमा म्यानचेष्टर युनाइटेड विजयी](https://www.himalayatv.com/wp-content/uploads/2022/04/Manchester-United.jpg)
४ वैशाख २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड, साउथह्याम्टन, ब्राइटन र ब्रेन्टफोर्ड विजयी भएका छन् ।
म्यानचेष्टर युनाइटेडले क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसँगै नर्विच सिटीमाथि ३–२ को जित निकाल्यो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा रोनाल्डोले सातौं, ३२औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
नर्विचकातर्फबाट केरन डावेल र टीमु पुक्कीले एक(एक गोल गरे । जितपछि ३२ खेलबाट ५४ अंक जोड्दै युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नर्विच तालिकाको पुछारमा रहेको टोली हो ।
त्यस्तै साउथह्याम्टनले आर्सनललाई १–०, ब्राइटनले टोटेनह्यामलाई १–० र ब्रेन्टफोर्डले वाटफोर्डलाई २–१ ले हराए ।
प्रतिक्रिया