खेलकूद

आईपीएलमा दिल्लीविरुद्ध बेंग्लोर विजयी

हिमालय टिभी
२०७९ वैशाख ४ गते ७:२२
आईपीएलमा दिल्लीविरुद्ध बेंग्लोर विजयी

४ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ ।

आईपीएल अन्तर्गत गएराति बेंग्लोरले दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको हो । १९० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७३ रन मात्र बनाउन सक्यो ।

उसका लागि डेविड बार्नरले ६६ तथा कप्तान ऋषभ पन्तले ३४ रन बनाए । बेंग्लोरका जोश हेजलउले ३ तथा मोहम्मद सिराजले दुई विकेट लिए ।

यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको बेंग्लोरले ५ विकेटको क्षतिमा १८९ रन जोडेको थियो । बेंग्लोरका दिनेशका कार्तिक ६६ रनमा अविजित रहे ।

त्यस्तै ग्लेन म्याक्सवेलले ५५ रन जोड्दा साहबाज अहमेद ३२ रनमा नटआउट रहे । जितपछि बेंग्लोर ६ खेलबाट ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

उता ५ खेलबाट ४ अंकसहित दिल्ली आठौं स्थानमा छ । आज पञ्जाब किंग्स र सनराइजर्स हैदराबाद तथा गुजरात टाइटन्स र साविक विजेता चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्