खेलकूद
लिभरपुल एफए कप फूटबलको फाइनल प्रवेश
२०७९ वैशाख ४ गते ७:१४

४ वैशाख २०७९ काठमाडौं । लिभरपुल एफए कप फूटबलको फाइनलमा पुगेको छ ।
एफए कप अन्तर्गत पहिलो सेमिफाइनलमा म्यानचेष्टर सिटीमाथि ३–२ को जित निकाल्दै लिभरपुलले फाइनलमा स्थान पक्का पारेको हो ।
वेम्बली रंगशालामा लिभरपुलले नवौं मिनेटमै इब्राहिमा कोनाटेको गोलसँगै शुरूवाती अग्रता लियो । त्यसपछि १७औं र ४५औं मिनेटमा साडियो मानेले दुई गोल थप्दै लिभरपुललाई ३–० को अग्रता दिलाएका थिए ।
सिटीका लागि ज्याक ग्रेलिस ४७औं र बेरनार्डो सिल्भाले इञ्जुरी समयमा एकएक गोल फर्काएका थिए । दोस्रो सेमिफाइनलमा चेल्सी र क्रिष्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया