खेलकूद

आईपीएलमा सनराइजर्स हैदराबाद विजयी

हिमालय टिभी
२०७९ वैशाख ३ गते ७:२९
आईपीएलमा सनराइजर्स हैदराबाद विजयी

३ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

गएराति भएको खेलम हैदराबादले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकालेको हो । १७६ रनको लक्ष्य हैदराबादले १३ बल अगावै मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

हैदराबादका राहुल त्रिपाठीले ७१ रनमा जोड्दा एडेन मारक्रम ६८ रनमा अविजित रहे । कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा १७५ रन बनाएको थियो । उसका लागि नितिश रानाले ५४ रन जोडे ।

त्यस्तै आन्द्रे रसेल ४९ रनमा बनाउँदै नटआउट रहे । हैदराबादका टी नटराजनले ३ तथा उमरन मलिकले २ विकेट हात पारे ।

आज मुम्बई इण्डियन्स र लखनऊ सुपर जायन्ट्स तथा दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्