खेलकूद

नेपालले जिम्बावे एसँग एक दिवसीय र टि-ट्वान्टी सिरिज खेल्ने

२०७९ वैशाख २ गते १८:०५
नेपालले जिम्बावे एसँग एक दिवसीय र टि-ट्वान्टी सिरिज खेल्ने

२ वैशाख २०७९ काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने उक्त सिरिजको खेल तालिका अनुसार नेपालले जिम्बावे एसँग पहिलो एक दिवसीय खेल यही वैशाख १७ गते खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल वैशाख १९ र तेस्रो एक दिवसीय खेल वैशाख २१ गते खेल्नेछ ।

तीन एक दिवसीय खेलिसकेपछि नेपालले फेरि जिम्बावे एसँग नै तीन टि ट्वान्टी खेल खेल्नेछ । नेपालले जिम्बावे एसँग पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते खेल्नेछ ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिका र ओमानसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नेछ । त्यसैको तयारी स्वरूप नेपालले अफ्रिकी राष्ट्र जिम्बावे ए टोलीसँग खेल्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्