खेलकूद

एएफसी एसियन कप छनोटका लागि प्रशिक्षण शुरु, के भन्छन् मुख्य प्रशिक्षक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २ गते १६:१४
एएफसी एसियन कप छनोटका लागि प्रशिक्षण शुरु, के भन्छन् मुख्य प्रशिक्षक ? (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७९ काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फूटबल टोलीले प्रशिक्षण थालेको छ ।

बन्द प्रशिक्षण दशरथ रंगशालामा प्रशिक्षण शुरू भएको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ जना खेलाडीलाई प्रशिक्षणमा बोलाए पनि पहिलो दिन २३ खेलाडी आएको अखिल नेपाल फूटबल संघले जनाएको छ ।

कप्तान किरण चेम्जोङ विदेशमा र देबेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन् । पहिलो दिनको अभ्यास पछिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली टोली जुन लक्ष्यका साथ तयारी गरिरहेको छ, त्यो लक्ष्यमा पुग्न निकै कठिन हुने बताएका छन् ।

अल्मुताइरीले सपना ठुलो देखे पनि नेपाली फूटबलको स्तर धेरै तल रहेको भन्दै यही प्रयासले छनोट हुन नसक्ने बताए ।

एएफसी एसियन कप छनोटमा नेपाल समूह ए मा परेको छ । नेपालसँगै यस समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन छन् । यस समूहको छनोट खेल कुवेतमा हुनेछन् । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।

छनोट खेल जेठ २५ देखि ३१ गतेसम्म हुनेछ । नेपालले २५ गते जोर्डनसँग पहिलो खेल खेल्नेछ । यस्तै दोस्रो खेलमा २८ गते कुवेत र ३१ गते इण्डोनेसियाविरुद्ध तेस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्