गुजरात टाइटन्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा
२ वैशाख २०७९ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ ।
आईपीएल अन्तर्गत राजस्थान रोयल्समाथि ३७ रनको जित निकाल्दै गुजरातले शीर्ष स्थान कब्जा गरेको हो ।
१९३ रनको लक्ष्यसहित मैदान ओर्लेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५५ रनमात्र बनाउन सक्यो । उसका लागि जोश बट्लरले ५४ रनको अर्धशतकीय इनिंग्स खेले ।
त्यस्तै सिमरोन हेट्मेयरले २९ रन बनाए । बलिङमा गुजरातका यश दयाल र लोकी फर्गुशनले समान ३(३ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ४ विकेटको नोक्सानीमा १९२ रन बनाएको थियो ।
कप्तान हार्दीक पाण्ड्या ८७ रनमा नटआउट रहँदा अभिनव मनोहरले ४३ रन जोडे । त्यस्तै डेविड मिलर ३१ रनमा अविजित रहे । जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ ।
उता हारपछि शीर्ष स्थानको राजस्थान तेस्रो स्थानमा पुगेको छ । आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया