आईपीएलमा मुम्बईविरुद्ध पञ्जाबको जित

१ वैशाख २०७८ मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पञ्जाब किंग्स विजयी भएको छ ।
आईपीएलमा गएराति पञ्जाबले मुम्बई इण्डियन्समाथि १२ रनको जित निकालेको हो । १९९ रनको लक्ष्यसहित मैदान ओर्लेको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो ।
उसका लागि डिवाल्ड ब्रेभिसले ४९, सूर्यकुमार यादवले ४३ तथा तिलक वर्माले ३६ रन बनाए । बलिङमा पञ्जाबका ओडिएन स्मिथले ४ तथा काशिगो रबाडाले दुई विकेट लिए ।
यसअघि पुनेमा टस हारेर ब्याटिङ गर्दै पञ्जाबले निर्धारित ओभरमा ५ विकेटको नोक्सानीमा १९८ रन बनाएको थियो । पञ्जाबका शिखर धवनले ७० तथा कप्तान मयंक अग्रवालले ५२ रनको अर्धशतकीय इनिंग्स खेले ।
त्यस्तै जितेश शर्मा ३० रनमा अविजित रहे । मुम्बईका बासिल थाम्पीले २ विकेट हात पारे । जितसँगै ५ खेलबाट ६ अंक जोड्दै पञ्जाब तेस्रो स्थानमा उक्लिएको छ ।
उता समान खेलबाट अंकविहिन मुम्बई तालिकाको पुछारमा छ । आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ ।
प्रतिक्रिया