खेलकूद

म्यानचेष्टर सिटी र लिभरपुल च्याम्पियन्स लीगको सेमिफाइनल प्रवेश

हिमालय टिभी
२०७९ वैशाख १ गते ८:१५
म्यानचेष्टर सिटी र लिभरपुल च्याम्पियन्स लीगको सेमिफाइनल प्रवेश

१ वैशाख २०७८ काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी र लिभरपुल च्याम्पियन्स लीग फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

च्याम्पियन्स लीग फूटबलको क्वार्टरफाइनल अन्तर्गत दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकिएपनि समग्रमा १–० को नतिजा निकाल्दै सिटी सेमिफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबैतर्फबाट गोल हुन सकेन ।

अन्तिम समयको इञ्जुरी समयमा फेलिपेले रेड कार्ड पाएपछि एट्लेटिको दश खेलाडीमा सिमित भएको थियो । घरेलु मैदानमा पहिलो लेग सिटीले १–० ले जितेको थियो । फाइनल प्रवेशका लागि सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरीमा रोकिएपनि समग्रमा ६–४ को नतिजा निकाल्दै लिभरपुल पनि अन्तिम चारमा पुग्यो । घरेलु मैदानमा लिभरपुलले २१औं मिनेटमा इब्राहिमा कोनाटेको गोलसँगै अग्रता बनाएको थियो ।

लगत्तै ३२औं मिनेटमा बेन्फिकाका गोन्कालो रामोसले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि लिभरपुलका लागि ५५औं र ६५औं मिनेटमा रोबर्टो फिरमिन्होले व्यक्तिगत दुई गोल थपे ।

तर ७३औं मिनेटमा बेन्फिकाका रामोन यारेमचक र ८१औं मिनेटमा डार्बिन नुनेजले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकिएको थियो । पहिलो लेगमा लिभरपुल ३१ ले विजयी भएको थियो । अब सेमिफाइनलमा लिभरपुलले स्पेनिस क्लब भिल्ला रियालको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्