आर्थिक

महोत्सवबाट स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा (भिडियो रिपोर्टसहित)

२०७८ चैत ३० गते १९:०५
महोत्सवबाट स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा (भिडियो रिपोर्टसहित)

३० चैत २०७८ गुल्मी । गुल्मी जिल्लामा संचालित गुल्मी महोत्सवमा स्थानीयस्तरमा उत्पादन गरिएका सामग्री तथा कृषि तथा पशुपालन सम्बन्धी स्टललाई उच्च प्राथमिकता दिइएको छ ।

मेलाले जिल्लामा उत्पादित कृषि सामग्री तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

गुल्मी महोत्सवमा स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन भएका सामग्रीहरुका साथै कफी, तरकारी, पशुपन्छी, माहुरी, च्याउलगायतका कृषिजन्य सामग्री प्रदर्शनमा राखिएको छ ।

गुल्मीमा उत्पादन गरेर प्याकिङ गरिएको कफी, गुडका परिवार, माटाका भाँडालगायत उत्पादनका स्टल पनि छन् । महोत्सवले आफ्नो व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने उनीहरुको विश्वास छ ।

मेलामा कृषि, पशुपन्छीतर्फका स्टल ६ वटा र घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा उत्पादनहरुका लागि १० वटा स्टल राखिएका छन् । आन्तरिक रुपमा उत्पादन भएका वस्तुलाई जिल्ला तथा देश बाहिर निर्यात गराउनु मुख्य उद्देश्य रहेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ ।

चैत २५ गतेदेखि शुरु भएको महोत्सव वैशाख ४ गतेसम्म चल्ने छ । महोत्सवमा विभिन्न जाति विशेषका परिकार र विभिन्न सँस्कृति झल्कने झाँकीहरु पनि प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *