नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म पोखरामा हुने

३० चैत २०७८ काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा गण्डकी प्रदेशमा आयोजना हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिनुभयो ।
हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद २०७७ सालमै आयोजना हुनुपर्ने थियो । कोरोना महामारीका कारण एक वर्षका लागि सारिएको प्रतियोगिता २०७८ मा पनि हुन सकेन ।
यसअघि आठौं राष्ट्रिय खेलकुद तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो ।
आठौं राष्ट्रिय खेलकुदमा १४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २८९ पदक जितेर त्रिभुवन आर्मी क्लब टिम च्याम्पियनको बनेको थियो । यस्तै नेपाल पुलिस क्लबले दोस्रो र एपीएफ क्लबले तेस्रो स्थान हासिल गरेको थियो ।
प्रतिक्रिया