दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटको अलराउण्डर वरीयतामा शीर्ष दशमा पर्न सफल

३० चैत २०७८ काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दशभित्र पर्न सफल भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डरको वरीयतामा दीपेन्द्रले शीर्ष दशमा स्थान बनाएका हुन्।
दीपेन्द्रले गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ द सिरिज घोषित भएका थिए ।
उनले मलेसिया र पपुवा न्युगिनी पीएनजीविरुद्धको सिरिजमा २ अर्धशतक र १ शतक प्रहार गरेका थिए । यस्तै दिपेन्द्र टी–ट्वेन्टी ब्याटिङ वरीयतामा ३८ औं स्थानमा रहेका छन् ।
ब्याटिङ वरीयतामा दीपेन्द्र भन्दाअघि ओपनर कुशल भुर्तेल ३६ औं स्थानमा रहेका छन् । आसिफ शेख ९९ औं स्थानमा छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ३८ औं र अविनास बोहरा ८६ औं स्थानमा रहेका छन् ।
प्रतिक्रिया