रियल मड्रिड र भिल्ला रियाल च्याम्पियन्स लीगको सेमिफाइनल प्रवेश

३० चैत २०७८ काठमाडौं । रियल मड्रिड र भिल्ला रियाल च्याम्पियन्स लीग फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
च्याम्पियन्स लीग फूटबलको क्वार्टरफाइनल अन्तर्गत दोस्रो लेगमा साविक विजेता चेल्सीसँग ३–२ ले पराजित भएपनि समग्रमा ५–४ को नतिजासहित रियलले सेमिफाइनलमा स्थान पक्का पारेको हो ।
रियलको मैदानमा चेल्सीले १५औं मिनेटमा मासन माउन्टको गोलसँगै अग्रता बनाएको थियो । त्यसपछि चेल्सीका लागि ५१औं मिनेटमा एन्टोनियो रुड्रीगेर र ७५औं मिनेटमा टीमो वेरनरले गोल थपेका थिए ।
रियलकातर्फबाट ८०औं मिनेटमा रोड्रिगो र ९६औं मिनेटमा करिमा बेञ्जिमाले गोल गरेका थिए ।
यसअघि चेल्सीको मैदानमा भएको पहिलो लेगमा करिम बेञ्जिमाको ह्याट्रिकसँगै रियल ३–० ले विजयी भएको थियो ।
यस्तै अर्को खेलमा बायर्न म्युनिखसँग १–१ को बराबरीमा रोकिएपनि समग्रमा २–१ को नतिजा निकाल्दै भिल्ला रियाल पनि अन्तिम चारमा पुग्यो ।
घरेलु मैदानमा बायर्नका लागि ५२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले शुरूवाती गोल गरे । तर ८८औं मिनेटमा भिल्ला रियालका सामुएलका चकवेजेले गोल गर्दै खेल बराबरी गरे । पहिलो लेग भिल्ला रियालले १० ले जितेको थियो ।
प्रतिक्रिया