खेलकूद

आईपीएलमा नवप्रवेशी गुजरात टाइटन्सको पहिलो हार

हिमालय टिभी
२०७८ चैत २९ गते ७:५६
आईपीएलमा नवप्रवेशी गुजरात टाइटन्सको पहिलो हार

२९ चैत २०७८ मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादसँग ८ विकेटले गुजरात पराजित भएको हो । मुम्बईमा १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

हैदराबादको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङस् खेले । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे । गुजरातका हार्दिक पान्डेया र राशिद खानले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो । कप्तान हार्दिक पान्डेयाले ५० रनको अविजित अर्धशतकीय इनिङस् खेले । अभिनव मनोहरले ३५ रनको योगदान गरे ।

हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान दुई दुई विकेट लिए । प्रतियोगितामा गुजरातको यो पहिलो हार हो । हैदराबादले ४ खेलमा दोस्रो जित निकाल्न सफल भएको छ ।

प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्